तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडा-काठमाडौँ सडक पहिरोले अवरुद्ध

हेटौँडा । अविरल वर्षाका कारण आएको पहिरोले हेटौँडा-ठिंगन काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

मकवानपुरको बकैया गाउँपालिका वडा ११ स्थित आँपचौर र लाम्राङमा पहिरो खस्दा शुक्रबार दिउँसो करिब २:३० बजेदेखि सडक अवरुद्ध रहेको स्थानीय प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पहिरो पन्छाउने कार्यका लागि सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको छ। तर, पहिरोको मात्रा र प्रकृति हेर्दा आजै बाटो खुलाउने सम्भावना न्यून रहेको प्रहरीले जनाएको छ।

सडक विभाग तथा फास्ट ट्र्याक आयोजनासँग समन्वय गरी पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button