तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालमा एमडी/ एमएस अध्ययन प्रक्रिया अघि बढाउन सम्झौता

नेपालगन्ज । भेरी अस्पतालमा पिजी कार्यक्रम (एमडी/एमएस अध्ययन) का लागि नेशनल एकेडेमि अफ मेडिकल साइन्स (न्याम्स) सँग सम्झौता भएको छ । 

पिजी कार्यक्रमका लागि सम्झौतापत्रमा आज हस्ताक्षर भएसँगै भेरी अस्पतालमा एमडीरएमएस अध्ययनको बाटो खुलेको छ । न्याम्सका उपकुलपति डा।भुपेन्द्र बस्नेत र भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुबेदीबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

‘भेरी र न्याम्सबीचको यो सम्झौता पत्रलाई एकेडेमिक काउन्सिलको आजको बैठकमा पेश गरिएको छ, डा. सुवेदीले भन्नुभयो–‘सम्भवतः आजै पारित हुन्छ र, २१ गते न्याम्सको सिनेटले निर्णय गर्नेछ ।’ तीन सय शय्यामाथिका संघीय अस्पतालहरूमा पिजी कार्यक्रम सञ्चालन गर्ने नेपाल सरकारको नीति छ । सिनेटले सम्झौता पारित गरे भेरी अस्पतालका कन्सल्टेन्ट चिकित्सकहरूले फ्याकल्टी पोष्ट प्राप्त गर्नेछन् । 

‘भेरी अस्पतालको गुणस्तरीय सेवा प्रवाहलाई सकारात्मक प्रभाव पार्नका निमित्त पनि अस्पतालमा शैक्षिक गतिविधिलाई बढाउन आवश्यक छ, डा. सुवेदीले भन्नुभयो–‘यो सम्झौताले मापदण्ड पूरा गरेका कन्सल्टेन्ट चिकित्सकहरूले प्राध्यापक, सह–प्राध्यापक लगायतका पोस्टहरू पाउनेछन् ।’ त्यसैको आधारमा न्याम्सले एमडी/एमएस अध्ययनका लागि भेरी अस्पताललाई विद्यार्थी सङ्ख्या पठाउनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button