तपाईँ सुन्दै हुनुहुन्छः

जलेश्वर टेन्ट हाउसमा आगलागी

महोत्तरी । महोत्तरीको जलेश्वर दुर्गाचोकमा रहेको टेन्ट हाउसको सामान भण्डारण गरिएको गोदाममा आज शुक्रबार दिउँसो आगलागी भएको छ ।

अरविन्द साहको टेन्ट हाउसमा आगलागी हुँदा ग्यास सिलिन्डर विष्फोट भई गोदाममा फैलिएको आगलागीका कारण क्षति भएको महोत्तरीका प्रहरी नायव उपरीक्षक सन्तु लाल प्रसाद जैसवालले बताउनुभएको हो।

जलेश्वर, मटिहानी र रामगोपालपुर नगरपालिकाको वारुणयन्त्र  तथा नेपाली सेना, सशस्त्र प्रहरी  र नेपाल प्रहरीको सहयोगमा  आगो नियन्त्रणमा लिएको हो। आगलागीका कारण र क्षतिबारे एकिन विवरण आउन नसकेको प्रहरी उपरीक्षक जैसवालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button