तपाईँ सुन्दै हुनुहुन्छः

झापाका नदीहरूमा जलसतह खतरामाथि

भद्रपुर (झापा) । भारी वर्षाका कारण झापाका नदीहरूको जल सतहले खतराको तह पार गरेको छ ।

आज दिउँसो १२ बजे गरिएको मापनमा झापाका कनकाईमा ३.८ मिलिमिटर र निन्दामा १२२.२८ मिलिमिटर जल सतह पुगेको हो । यसलाई खतराको तह पार गरेको मानिने नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ । यसैगरी, मेची, रतुवा, विरिङ, देउनियालगायतका नदीहरूमा बाढी आएको छ भने जिल्लाका थुप्रै सहर तथा गाउँ–बस्ती डुबानमा परेको जनाएको छ ।

बाढी र डुबान परिरहेको प्रभावका विवरणहरू आइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

बिहान ११ बजेसम्मको रेकर्ड अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका केचनामा २०५.८, गौरादहमा १९३.४ र चन्द्रगढी एयरपोर्टमा १९३.४ र अनारमनी बिर्तामोडमा १८७.६र कन्काई मैना चुलीमा २१३ , शनिश्चरेमा १२२, सिस्नेमा १३०, बाहुन डाँगीमा १४५, कन्याममा १०२ मिलिमिटर वर्षा भएको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button