तपाईँ सुन्दै हुनुहुन्छः

सूचनाको हक पूर्ण कार्यान्वयन गर्न  प्रदेश सरकार प्रतिबद्ध छ:  मुख्यमन्त्री आचार्य 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सूचनाको हक पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ।

सूचनाको हक राष्ट्रिय महासङ्घको आयोजनामा दाङको लमहीमा सुरु भएको सूचनाको हक प्रशिक्षण शिविर उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री आचार्यले सूचनाको हक कार्यान्वयन गर्न प्रदेश सरकार खुला किताब भएको, सरकारले गर्न हरेक कामहरू पारदर्शी हुने स्पष्ट पार्नु भयो।

“सरकार खुला किताब बनेर अघि बढ्छ। ढुक्क हुनुस्,सरकारले गर्ने हरेक काम पारदर्शी हुन्छ” । उहाँले भन्नु भयो “सुशासन कायम भएमा भ्रष्ट्राचार घट्दै जान्छ । यो दिशामा सरकारले आफ्नो काम अघि बढाएको छ।समाज रूपान्तरण गर्न, बेथिति सुधार गर्न, सुशासन कायम गर्न सूचनाको हक कार्यान्वयन जरुरी छ।”   प्रदेश सरकारले कर्मचारी तहमा १४ बुँदे निर्देशन जारी गरेर सूचना अधिकारी अनिवार्य तोक्ने, तस्बिर सहित फोन नम्बर राख्न, वेवसाइडमा पनि सूचना राख्न भनिसकेको मुख्यमन्त्री आचार्यले जानकारी दिनुभयो

यस्तै मुख्यमन्त्री आचार्यले प्रदेश मातहतका कार्यालयले सूचना दिन आनाकानी गरे सिधै मुख्यमन्त्री कार्यालयमा सम्पर्क गर्न आग्रह गर्नुभयो ।  “सूचना प्राप्त गर्न सक्नु भएन भने सिधै मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी सँग सम्पर्क गर्नुस् ” उहाँले भन्नुभयो । सूचनामा सबैको समान पहुँच पुर्‍याउन हामी जिम्मेवार छौँ ।

सूचनाको हकको प्रभावकारी प्रयोगले पारदर्शिता, जबाफदेहिता, नागरिक सहभागिता र भ्रष्टाचार नियन्त्रण गर्न राज्यका विभिन्न संरचनामा सुधार ल्याउन महत्त्वपूर्ण योगदान पुर्‍याउने भनाइ मुख्यमन्त्रीको भनाई रहेको थियो ।

“सरकार नागरिक प्रति उत्तरदायी छ । संवैधानिक र कानुनी रूपमा प्राप्त नागरिकको यो अधिकारलाई जति धेरै प्रयोगमा ल्याउन सकिन्छ, त्यति नै राज्य तथा सार्वजनिक निकायलाई जबाफदेही बनाउँछ ” उहाँले भन्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button