तपाईँ सुन्दै हुनुहुन्छः

कार्यकारी निर्देशक लामालगायतलाई नेपाल तामाङ घेदुङको सम्मान

काठमाडौँ । नेपाल तामाङ घेदुङले आज बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा, संघीय ऊर्जा, जलश्रोत तथा सिँचाई राज्यमन्त्री पूर्ण बहादुर तामाङ कान्छाराम, रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामा–बल र बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुक माया तामाङलाई सम्मान गरेको छ । 

घेदुङको संघीय कार्यालय काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी मुख्यमन्त्री बहादुर सिं लामा, तामाङ समुदायबाट पहिलोपटक बागमती प्रदेशको मुख्यमन्त्री हुनुभएकोमा सम्मान गरेको हो भने अमरध्वज लामालाई रेडियो नेपालको ७४ वर्षे इतिहासमा पहिलोपटक तामाङ समुदायबाट कार्यकारी निर्देशक हुनुभएकोमा सम्मान गरेको हो । 

यसैगरी घेदुङले संघीय ऊर्जा, जलश्रोत तथा सिँचाई राज्यमन्त्री पूर्ण बहादुर तामाङ कान्छाराम र बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुक माया तामाङलाई तामाङ समुदायबाट अहिलेको सरकारमा मन्त्री हुनुभएकोले सम्मान गरेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button