तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार 

अछाम । अछाममा आज एक सुत्केरी महिलाको हेलिकप्टरद्वारा उद्धार गरिएको छ । 

ढकारी गाउँपालिका वडा नं ६ का तपेन्द्र बहादुर शाहीकी ३१ वर्षीय श्रीमती कौशी कुमारी बुढा लाई सुत्केरी व्यथा लागि लागे पछि  ढकारी गाउँपालिका वडा नं ६ ढुङ्गाचाल्ना स्थित  स्वास्थ्य चौकीमा ल्याइएकोमा त्यहाँ  सुत्केरी हुन नसके पछि हेलिकप्टर मार्फत उद्धार गरिएको हो । उनको उपचारको लागि कर्णाली प्रदेश प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएको अछाम प्रहरीले बताएको छ ।

ग्रामीण सडक खराब भएका कारण एम्बुलेन्स द्वारा उद्धार गर्न नसकिने भएकोले आज दिउसो २  बजेको समयमा नेपाली सेनाको  हेलिकप्टर द्वारा सुर्खेत पठाएको बताइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button