घोडाघोडी तालमा चराको सङ्ख्या वृद्धि
कैलाली । लोपोन्मुख चराको बासस्थान रहेको कैलालीको घोडाघोडी तालमा चराको सङ्ख्यामा वृद्धि भएको छ ।
घोडाघोडी पर्यटन बोर्डका उपाध्यक्ष दयाराम चौधरीले यस वर्ष तालमा २९९ प्रजातिका चरा फेला परेका जानकारी दिनुभयो ।
हरेक वर्ष विश्वभरि एकैसाथ जनवरीको पहिलो साता चरा गणना हुने गरेको छ ।
गत वर्ष तालमा २ सय ४८ प्रजातिका चरा फेला परेका थिए यस वर्ष तालमा विभिन्न प्रजातिका ५१ थप चरा फेला परेका छन ।
प्रतिक्रिया राख्नुहोस्