तपाईँ सुन्दै हुनुहुन्छः

दैलेखबाट सुर्खेत आउँदै गरेको बस दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

सुर्खेत । दैलेखबाट सुर्खेत आउँदै गरेको मिनी बस आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

कर्णाली प्रदेश–०२००९ख०८५२ नम्बरको मिनी बस गुराँस गाउँपालिका–४, स्थित डबलगैरा भन्ने स्थानमा दुर्घटना हुँदा दैलेख दुल्लु नगरपालिका–१३, का २२ वर्षीय महेन्द्र शाहीको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी ९डीएसपी० नारायण डाँगीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते सोही वडाका २४ वर्षीय विनोदबहादुर शाही र १९ वर्षीय सविन शाही प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचार भइरहेको छ ।

मिनिबस मुख्य सडकबाट दुई सय मिटर तल खसेर पूर्णरुपमा क्षति भएको छ ।

मिनिबस सुर्खेतबाट यात्रु दुल्लु पुर्‍याएर सुर्खेत आउँदै गर्दा दुर्घटना भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button