तपाईँ सुन्दै हुनुहुन्छः

त्रिभुवन राजपथ एकतर्फी रुपमा सुचारु

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडाबाट संघीय राजधानी काठमाडौँ जोड्ने एउटा बाटो सुचारु भएको छ ।

अविरल वर्षापछि आएको पहिरो खसेर अवरुद्ध बनेको त्रिभुवन राजपथ एकतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्रिभुवन राजपथ सडक खण्ड अन्तर्गत हेटौँडा–चित्लाङ–चन्द्रागिरि–थानकोट सडक एकतर्फी सुचारु भएको प्रहरीले जनाएको छ । उक्त सडक खण्डको पानीघाट क्षेत्रमा गएको पहिरो र हिलो पन्छाएपछि आइतबार साँझ ७ः३० बजेबाट यातायात आवागमन शुरु भएको जनाइएको छ ।

पहिरो पन्छाएको भए पनि ठाउँ ठाउँमा हिलो भएकोले सतर्क भएर यात्रा गर्न प्रहरीहरूले अनुरोध गरेको छ । पहिरोका कारण हेटौँडाबाट काठमाडौँ जोड्ने कान्ति लोकपथ, कुलेखानी–फाखेल र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डहरू भने अझै अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button