तपाईँ सुन्दै हुनुहुन्छः

उद्धार र राहत कार्यमा सिङ्गो पार्टी पङ्क्ति परिचालन गर्ने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालेले अविरल वर्षाका कारण उत्पन्न बाढी पहिरोबाट पीडित बनेका नागरिकलाई उद्धार, राहत र घाइतेको उपचारमा सघाउन सिङ्गो पार्टी पङ्क्तिलाई परिचालन गर्ने निर्णय गरेको छ ।

एमाले विपद व्यवस्थापन तथा स्वयंसेवक विभागको आज बसेको बैठकले आगामी ३ दिनसम्म पार्टीका काम नगरी विपदबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने, विस्थापित बनेका, घाइते भएकाहरूलाई राहत र उपचारका लागि सहयोग गर्ने निर्णय गरेको एमाले केन्द्रिय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी बैठकले सबैभन्दा धेरै बाढीपहिरो पीडित स्थल धादिङ, काभ्रे, मकवानपुर र सिन्धुलीमा राहत तथा उद्धारमा खटिने तथा विस्थापित, घाइते र मृत्यु भएकाको परिवारलाई सहयोग गर्न सरकारसँग समन्वय गर्ने सचिव अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button