तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेल असोज २१ गते बाजुरा आउनुहुँदै 

बाजुरा । राष्ट्रपति रामचन्द्र पौडेल असोज २१ गते बाजुरा आउनुहुने भएको छ।

जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा अवस्थित नाटेश्वरी मन्दिरमा निर्माण गरिएको भवनको उद्घाटन गर्न राष्ट्रपति पौडेल बाजुरा आउन लाग्नुभएको हो।

राष्ट्रपति बन्नु भएपछि पहिलो चोटी बाजुरा आउन लाग्नुभएका राष्ट्रपति पौडेलले सोही अवसरमा सुदूरकै भू-स्वर्गका रुपमा परिचित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको अवलोकन तथा दर्शन गर्ने कार्यक्रम पनि तय गरिएको छ । त्रिवेणी नगरपालिकाको निमन्त्रणामा राष्ट्रपति पौडेल बाजुरा आउन लाग्नुभएको हो । 

बडीमालिकाको दर्शनसँगै पर्यटकका लागि निर्माण गरिएको नाटेश्वरी मन्दिरको समुद्घाटनका लागि बाजुरा आउने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । भ्रमण तालिका तय भई उद्घाटनको सम्पूर्ण तयारी थालिएको त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापाले बताउनुभयो।  

नेपाली सेनाको हेलिकप्टर मार्फत राष्ट्रपति पौडेल यही असोज २१ गते बाजुरा आउने कार्य तालिका रहेको राष्ट्रपति कार्यालयका प्रेस संयोजक खिलराज कार्कीले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button