तपाईँ सुन्दै हुनुहुन्छः

राप्ती राजमार्गमा ठूला सवारी साधन सञ्चालन रोक

सल्यान । वर्षाका कारण सडक भासिएपछि राप्ती राजमार्गको कपुरकोट राम्री सडकखण्डमा तिन दिनका लागि ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

पहिरोले सडक भासिनुका साथै क्षतिग्रस्त भएपछि सडक डिभिजन कार्यालय दाङले मर्मतका लागि भन्दै शुक्रबारदेखि आइतबारसम्म उक्त सडक खण्डमा तीन दिनका लागि ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय दाङले सूचना प्रकाशन गरेर ठूला सवारी साधन (टिपर, ट्रक) सञ्चालनमा रोक लगाएको हो ।

कपूर कोटदेखि राम्रीको बीचमा पहिरो जाने मात्र नभई सडक समेत भासिएकाले रोक लगाइएको जिल्ला प्रशासन कार्यालय दाङले जारी गरेको सूचनामा जनाइएको छ ।

भारवहन गाडीलाई रोक लगाए पनि अन्य गाडीहरू भने सुचारु रहने जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button