तपाईँ सुन्दै हुनुहुन्छः

समूह चरणको अन्तिम खेलमा पनि नेपाल पराजित

काठमाडौँ । नेपालले एएफसी यु–२० एसियन कप २०२५ छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा पनि पराजय बेहोरेको छ ।

न्यु ताइपे सिटीमा शुक्रबार भएको खेलमा नेपाल ४–० ले पराजित भएको हो । योसँगै नेपालले तीन अङ्कसहित छनोट अन्त्य गरेको छ । नेपाल कम्बोडियासँग ४–१ को पराजय बेहोर्दै प्रतियोगिताको सुरुआत गरेको थियो । यो खेलमा समीर तामाङले एक मात्रै गोल गरेका थिए ।

उनकै ह्याट्रिक प्रेरित नेपालले चाइनिज ताइपेइलाई ३–१ ले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको थियो । तर, तेस्रो खेलमा भने नेपालले त्यो लय गुमाउँदै उज्बेकिस्तानलाई ६–० को नतिजा सुम्पियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button