तपाईँ सुन्दै हुनुहुन्छः

टिफरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा टिफरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका–७ गणेश टोल का ४२ वर्षीय दिपक अधिकारी हुनुहुन्छ ।

आज हरिवन नगरपालिका–११ बासाटोल स्थित पूर्व पश्चिम राजमार्ग सडक-खण्डमा पश्चिम बाट पूर्व तर्फ जाँदै गरेको प्रदेश २(०३(००१ क ११३७ नम्बरको टिपरले बा.प्र.०२-०३७ प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्कर पश्चात् अधिकारी गम्भीर घाइते भएका थिए । घाइते अधिकारीको नमुना अस्पताल हरिवनमा उपचार क्रममा मृत्यु भएको थियो ।

ठक्कर दिने टिपर र टिपर चालक सर्लाहीको बागमती नगरपालिका वडा नं.०४ जिरायत बस्ने बर्ष २९ को टेक बहादुर थिङ ईलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button