तपाईँ सुन्दै हुनुहुन्छः

कोसी ब्यारेजमा खसेको बस निकालियो

सप्तरी । कोसी ब्यारेजको ढोका नम्बर ३५ र ३६ का बीचबाट कोसी नदीमा खसेको बस शुक्रबार दिउँसो निकालिएको छ ।

बिहीबार साँझ विराटनगरबाट गाईघाटतर्फ जाँदै गरेको को१ख ४६०१ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई पुलको पर्खाल भत्काउँदा कोसीमा खसेको थियो ।

बसमा सवार यात्रु र चालक तथा सहचालक गरी १६ जनाको स्थानीय बासिन्दाहरू र सुरक्षाकर्मीले उद्धार गरेका थिए ।

बस कोसीमा खरेको समयमा भने ब्यारेजको ३५ र ३६ नम्बर ढोका बन्द रहेको र सो ढोकाको तलको अवस्थामा पानीको बहाव नभई बालुवा थुप्रिएका कारण बसका यात्रु सकुशल निकाल्न सकिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button