तपाईँ सुन्दै हुनुहुन्छः

बाराको सिमरामा ४५ औँ विश्व पर्यटन दिवस मनाइयो

बारा । पर्यटन, न्याय र शान्ति मुल नाराको साथ बाराको सिमरामा ४५ औँ विश्व पर्यटन दिवस मनाइएको छ ।

काठमाडौँबाट पहिलो आउने हवाईजहाजका यात्रुहरूलाई खाजा, खादा र रुद्राक्षको मालाले स्वागत गर्ने कार्यक्रम राखिए पनि मौसम प्रतिकुलताको कारण यो कार्यक्रम रद्द गरिएको होटल तथा पर्यटन व्यवसायी मोहन शर्मा लामिछानेले जानकारी दिनुभयो ।

पर्यटन दिवसकै अवसरमा विमानस्थलमै गरिएको लक्की ड्र प्रतियोगितामा एक जनाले बुद्ध एयरलाइन्सका र एक जनाले यति एयर लाइसन्का टिकट जितेका थिए । आज काठमाडौँ यात्रा गर्न टिकट लिएका यात्रुहरूमध्ये गरिएको गोला प्रथामा दुई जनालाई हवाईजहाज टिकट फ्रि गरिएको हो ।

बिहानको हवाईजहाज अविरल वर्षा र भिजिबिलिटीको कारण सिमरा विमानस्थलमा अवतरण गर्न गर्न सकेन् । आयोजकले हवाईजहाजको पाइलट र काठमाडौँबाट फर्किने क्रममा पहिलो आउने यात्रुलाई दिन राखेको मायाको चिनो सिमरा विमानस्थलका प्रमुख सूर्य खत्रीलाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button