तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटनामा ३ जना घाइते

धनकुटा । धनकुटामा बोलेरो पिकअप दुर्घटना हुँदा चालकसहित ३ जना घाइते भएका छन्।

धनकुटा नगरपालिका वडा नं. ६ स्थित फोक्लेन टापुमा धनकुटाबाट छिन्ताङ जाँदै गरेको को १ ज २०६५ नम्बरको बोलेरो पिकअप अनियन्त्रित भई सडकको भित्तामा पल्टँदा चालक धनकुटाको सहिदभूमी गाउँपालिका ७ घर भएका  ३४ वर्षीय दिपेन्द्र राई, २३ वर्षीय टबिना राई र धनकुटा नगरपालिका वडा नं. ६ सरस्वती चोककी ३२ वर्षीय इसु राई घाइते भएको प्रहरी जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले घाइतेको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको जानकारी दिनुभयो। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button