तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशका नवनियुक्त पाँच मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ

जनकपुरधाम । मधेश प्रदेशका प्रमुख सुमित्रा सुबेदी भण्डारीले मधेश प्रदेश सरकारमा नियुक्त हुनुभएका पाँच जना मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।

प्रदेश प्रमुख भण्डारीले नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट मधेश प्रदेश सरकारमा सहभागी नवनियुक्त पाँच मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

प्रदेश प्रमुखसमक्ष नेपाली काँग्रेसबाट सरकारमा सहभागी अर्थमन्त्री सुनिलकुमार यादव, ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्री शेष नारायण यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, श्रम तथा यातायात मन्त्री कौशल किशोर राय र लोसपाका तर्फबाट सरकारमा सहभागी मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री रानी शर्मा तिवारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो ।

शपथ ग्रहण कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, प्रदेश सरकारका मन्त्रीहरू, मुख्य न्यायाधिवक्ता, उच्च पदस्थ अधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनुहुन्थ्यो ।

मधेश प्रदेश सरकार गठन भएको करिब डेढ महिनापछि प्रदेश सरकारमा नेपाली काँग्रेस सहभागी भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button