तपाईँ सुन्दै हुनुहुन्छः

मोहरम पर्वको अवसरमा भोलि नेपालगन्जका विद्यालय बन्द

बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले भोली (साउन २ गते) स्थानीय बिदा दिने भएको छ । मुस्लिम समुदायको मोहरम पर्वको अवसरमा उपमहानगरपालिकाले भोली नगरभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिने जनाएको छ ।

उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाले मङ्गलवार एक सूचना जारी गर्दै मोहरम पर्वको दिन सम्पूर्ण सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालय बन्द हुने जानकारी दिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button