तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश सरकारद्वारा करिब ३१ अर्बको बजेट प्रस्तुत

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागी करिब ३१ अर्ब बराबरको बजेट ल्याएको छ ।

आजको प्रदेश सभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले आगामी आर्थिक बर्ष २०८१/८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार बराबरको बजेट प्रस्तुत गर्नुभयो ।

प्रदेश सरकारको कुल बजेटमध्ये चालूतर्फ ११ अर्ब ७ करोड ६३ लाख १९ हजार र पुँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार विनियोजन गरिएको छ । यस्तै बजेटमा अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९२ करोड ७० लाख १० हजार छुट्ट्याइएको छ ।

प्रस्तुत बजेटमा सरकारले समृद्ध प्रदेश निर्माणका लागी कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाइ, पूर्वाधार विकास, जलविद्युत, खेलकुद लगायतका क्षेत्रलाई प्राथमिकता दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button