तपाईँ सुन्दै हुनुहुन्छः

खान नेतृत्वको समूहसँग वार्ता गर्न ३ सदस्यीय समिति गठन

काठमाडौँ । आन्दोलनरत रुबी खान नेतृत्वको समूहसँग वार्ता गर्न गृह मन्त्रालयले ३ सदस्यीय समिति गठन गरेको छ ।

समितिमा उपसचिव उमाकान्त अधिकारी, प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्ट र शाखा अधिकृत दिनेश न्यौपाने हुनुहुन्छ । खानसँग टेलिफोनमा भएको कुराकानीपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले वार्ता समिति गठन गर्नुभएको हो।

समितिले खानसँग सम्पर्क गरी भोलि नै वार्ता गर्ने तयारी गरेको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आज खानसँग भेटघाट गर्नुभएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button