तपाईँ सुन्दै हुनुहुन्छः

बारामा अज्ञात समूहद्वारा क्याम्पस प्रमुखमाथि गोली प्रहार

बारा । बारामा अज्ञात समूहले रामराजा मोहन बिक्रम क्याम्पस कलैयाका प्रमुख हरिभुषन कुसवाहालाई  गोली प्रहार गरि घाइते बनाएको छ । 

गाउँको घर खजुरियाबाट मोटरसाइकलमा  कलैया जाँदै गरेको अवस्थामा  आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ३ बतरा गाउँदेखि दक्षिणमा रहेको लागहासनमाईको मन्दिर अगाडि करिब साढे ५ बजेको समयमा  अज्ञात समूह दुई वटा मोटरसाईकलमा रहेका ४ जना व्यक्तिहरूले  अगाडिबाट रोकी पिठयुमा १ राउण्ड गोली प्रहार गरि घाइते बनाएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो । 

गोली प्रहारबाट कुसवाहा गम्भीर घाइते भएको र निजलाई परवानीपुर गाउँपालिका वडा नम्बर ५ बहुयरीमा रहेको न्युरो हस्पिटलमा उपचारका लागि तत्कालै एम्बुलेन्समा राखी पठाइएको प्रहरी प्रवक्ता न्यौपानेले भन्नुभयो । 

गोली प्रहार गर्ने व्यक्तिहरूको व्यापक सुरक्षा परिचालन गरि खोजतलास तीव्र पारिएको प्रहरी प्रवक्ता न्यौपानेले जानकारी दिनुभएको हो । कसले किन गोली हानेको हो भन्ने विषय अहिले नखुलेको र अनुसन्धान जारी रहेको उहाँले जानकारी दिनुभयो ।

करिब ५३ वर्षीय कुसवाहा लामो समय देखि  क्याम्पसमा पढाउँदै आउनु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button