तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस अब शुद्धीकरण र सुदृढीकरणमा केन्द्रित हुन्छ : महामन्त्री थापा

नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कांग्रेस अब शुद्धीकरण र सुदृढीकरणमा केन्द्रित हुने बताउनुभएको छ ।

समुदायमा कांग्रेस अभियान अन्तर्गत हुलाकी राजमार्ग केन्द्रित संवाद यात्राका क्रममा आज नेपालगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले नयाँ वर्षमा नयाँ अठोटका साथ पार्टी पङ्क्ति अगाडि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले काँग्रेसले अब सरकारमा जाने कुरामा ध्यान नदिएर प्रतिपक्षमै रही पार्टी बनाउने अभियान थाल्ने बताउनुभयो । भ्रष्टाचार र बेथितिलाई टक्कक्याएर काँग्रेसलाई अब नयाँ उत्साहका साथ अगाडि बढ्ने मौका आएको थापाको भनाई छ । नयाँ बर्ष २०८१ लाई अवसरका रुपमा विकास गर्न पार्टी पङ्क्ति लाग्नुपर्नेमा उहाँको जोड छ ।

राजनीतिक अस्थिरता अन्त्यका लागि सोच्नुपर्ने बेला आएको बताउँदै महामन्त्री थापाले अस्वस्थ राजनीतिक खेलले मुलुक बरबादीतर्फ गइरहेको टिप्पणी गर्नुभयो । उहाँले मुलुक बनाउन साझा सोच र दृष्टिकोणका साथ अगाडि बढ्नुपर्नेमा जोड दिँदै अनुत्पादक क्षेत्रमा भइरहेको लगानी बन्द गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button