तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा चार महिनामा मानव बेचबिखन सम्बन्धी मुद्दा शुन्य 

चितवन । चालु आर्थिक बर्ष २०८०।८१ को साउन देखि कात्तिक सम्म चार महिनाको अवधिमा मानव बेचबिखन मुद्दा दर्ता शुन्यमा झरेको छ । कानुनले यस विषयको मुद्दामा कडाई तथा प्रहरी तथा सरोकारवाला निकायको निगरानीले यस विषयको मुद्दा शुन्य भएको  जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ  । 

जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलकी प्रहरी निरीक्षक सरिता विश्वकर्माले जिल्लामा यस आर्थिक वर्ष २०८०।८१ को हालसम्ममा मानव बेचबिखनका घटनामा जाहेरी दिन आउनेको सङ्ख्या शून्य रहेको जानकारी दिनु भएको हो  । यस विषयमा कानुन कडाई पनि छ । नागरिकमा सचेतना पनि बढेको छ । उहाँले भन्नुभयो  ‘ तर लुकिछिपी यस्ता घटना भएपनि  जाहेरी दिन नआएको पनि हुन सक्छ । ’

उहाँले पीडितहरू समाजमा पुनर्स्थापना हुन नसकेको कारण जाहेरी दिनेको सङ्ख्या शून्य रहेको बताउनु भयो  । उनले गरिबी, अशिक्षाका कारण पनि बेचबिखन तथा यौन व्यवसायमा  अङ्गालेको बताउनु भयो ।

कार्यालयले दिएको तथ्याङ्क अनुसार चितवनमा आर्थिक वर्ष २०७७।७८ मा ४ वटा मुद्दा दर्ता भएका छन् भने ६ जना पक्राउ परेका छन् । व आर्थिक वर्ष २०७८।७९ मा ३ वटा मुद्दा दर्ता भएका छन् भने ५ जना पक्राउ परेका थिए ।

यस्तै २०७९।८० मा ७ वटा मानव बेचबिखनका मुद्दा दर्ता भएको छ भने ८ जना पक्राउ परेका छन् । चालु आर्थिक वर्षको चार महिनामा भने मानव बेचबिखनको कुनै पनि मुद्दा दर्ता नभएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button