तपाईँ सुन्दै हुनुहुन्छः

तानसेनमा प्रथम मेयर कप सुरु

पाल्पा । तानसेनमा प्रथम मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ ।

उद्घाटनको पहिलो फुटबल प्रतियोगितामा वडा नम्बर ९ दमकडाले विजयी सुरुवात गरेको छ । वडा नम्बर १४ अर्गलीलाई वडा नम्बर ९ दमकडाले ५–० गोलले पछि पारेको हो । दमकडाका लागि आषिश राना र अंकित मश्राङ्गीले दुई दुई गोल गरे भने जोन मश्राङ्गीले एक गोल थपेको नेपाल खेलकुद पत्रकार मञ्चका पाल्पा अध्यक्ष माधव अर्यालले जानकारी दिनुभयो । अर्गलीका खेलाडीले कुनै पनि गोल गर्न सकेनन् ।

मेयर कप प्रतियोगिता अन्तर्गत फुटबल, क्रिकेट र ब्याडमिन्टन प्रतियोगिता हुने नगर खेलकुद विकास समितिका अध्यक्ष हेमन्तराज शाक्यले जानकारी दिनुभयो । तानसेन नगरपालिकाको आयोजनामा सुरु भएको प्रथम मेयर कप प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

नगर भित्रका खेलाडीहरू मात्र सहभागी हुन पाएको यस प्रतियोगिताले खेलाडीमा थप हौसला बढाउने र नयाँ खेलाडी उत्पादन हुने प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताउनुभयो । प्रतियोगिताको व्यवस्थापन जिल्ला फुटबल सङ्घले गरेको नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो । नगर क्षेत्रमा क्रियाशील खेलाडीहरूको अन्तर्निहित क्षमता र खेल क्षेत्रको विकासका लागि प्रतियोगिता गर्न लागिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा विजेतालाई नगद एक लाख, मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । उपविजेताले नगर ५० हजार, ट्रफी मेडल र प्रमाणपत्र पाउनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button