तपाईँ सुन्दै हुनुहुन्छः

नापी र बनको असहयोगले काम अघि बढ्न नसकेको भूमि आयोगको गुनासो 

नवलपरासी । नापी कार्यालय र जिल्ला बन कार्यालयको असहयोगका कारण काम अघि बढाउन नसकिएको भूमि आयोग पश्चिम् नवलपरासीले जनाएको छ । पश्चिम् नवलपरासीका विभिन्न पालिकामा भूमि आयोगले जगा नापजाँच गरिरहेकोमा बन र नापी कार्यालयको पूर्ण असहयोगका कारण बिगत ८ महिना देखि जग्गाको नयाँ नापीको काम ठप्प भएको भूमि आयोगका जिल्ला अध्यक्ष देवराज भण्डारीले बताउनु भयो ।

अन्यत्र ठाउँमा उस्तै प्रकृतिका कामहरू बन र नापी कार्यालय बाट सहजीकरण भएर सहजै सम्पन्न भएका छन्, काम गर्दा बन र नापी जोडिने भएकाले सहयोग पाएनौ– अध्यक्ष भण्डारीले गुनासो गर्नु भयो। नयाँ स्थानमा काम सुरु गर्दा कन्ट्रोल पोईन्ट (डिजिपिएस)राख्ने कुरामा नापी कार्यालयले विभागबाट सहमति नआएको भन्दै काम रोकेपछि नापजाँचको काम वैशाख देखि नै  रोकिएको आयोगले जनाएको छ ।प्रक्रियागत जटिलताले स्पष्ट ऐनको अभावमा काममा ढिलाइ भएको आयोगको भनाई छ ।

नापी कार्यालय,बन कार्यालयका अधिकृत र प्रतिनिधि सभा सदस्य बिनोद चौधरी र भूमि आयोग बिच आज बर्दघाट नगरपालिकामा छलफल गरिएको छ ।लामो समय देखि भूमिहीन,सुकुम्बासी र अव्यवस्थित सुकुम्बासीहरुहरुको जगा नापजाँचको काम रोकिएपछि भूमि आयोग मार्फत सम्बन्धित निकाय सँग सहजीकरणका लागि छलफल गरिएको हो ।

बनका कारण जगा नापजाँचको काम रोकिएपछि २०८०/०६/०३ गते  राष्ट्रिय भूमि आयोगमा वैकल्पिक उपायसहित काम कसरी अगाडि बढाउन सकिन्न भन्ने आशयको पत्र पठाएपनी हाल सम्म जवाफ प्राप्त नभएको नापी अधिकृत सनिल अर्यालले बताउनुभयो ।

यता बन र नापी कार्यालयको सहजीकरणको अभावमा भूमिहीन लालपुर्जा पाउनबाट वञ्चित भएको भएको प्रतिनिधि सभा सदस्य बिनोद चौधरीले जिकिर गर्नु भयो । संघ सरकारले भूमि सम्बन्धि स्पष्ट व्याख्या गरेको कुरामा कुन आधारमा काम रोक्न मिल्छ जनतालाई स्पष्ट जवाफ चाहिन्छ होइन भने काम गर्ने र रोक्ने बिचको लडाई सुरु हुन्छ- सांसद चौधरीले भन्नुभयो ।जनप्रतिनिधिले आम जनतासामु गरेका प्रतिबद्धता माथि नै प्रश्न चिन्ह खडा भएको भन्दै चौधरीले आक्रोश ब्यक्त गर्नु भएको थियो ।

सम्बन्धित निकायहरू बाट आवश्यक समन्वय र सहजीकरण नहुँदा आयोग बेकामे जस्तो बन्नु परेको र पुर्जा बाँड्नमा समेत ढिलाइ भएको जिल्ला भूमि आयोग  नवलपरासी पश्चिमले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button