भेरीबाट ५२ जना भूकम्पका घाइते डिष्चार्ज, अब ४ जना मात्र उपचारमा

नेपालगन्ज । भेरी अस्पतालमा उपचाररत जाजरकोट भूकम्पका ५२ जना निको भई डिष्चार्ज भएका छन् । जाजरकोट र रुकुम पश्चिममा गत कार्तिक १७ गते राति गएको भूकम्पमा परी घाइते भएर उपचारका लागि विभिन्न समयमा भेरी अस्पताल ल्याइएका मध्ये अब ४ जना मात्र उपचाररत छन् ।
भूकम्पमा परी घाइते भएका ६० जनालाई उपचारका लागि भेरी अस्पतालमा ल्याइएको थियो । अस्पतालमा उपचार गराउन ल्याइएका मध्ये एक जनाको अस्पताल पुर्याउँदै गर्दा मृत्यु भएको थियो । तीन जनालाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको अस्पतालले जनाएको छ ।
अब भेरी अस्पतालको अर्थोपेडिक वार्डमा ४ जना जनाको उपचार भइरहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्