तपाईँ सुन्दै हुनुहुन्छः

माई भ्याली गोल्डकप स्थगित, इलाम गोल्डकप माघ ६ देखि

इलाम । इलाममा यसअघि फागुन २४ देखि चैत ३ सम्म यही टुँडिखेलमा माई भ्याली गोल्डकप आयोजनाको घोषणा गरिएको भनिएको गोल्डकप माई भ्याली फुटबल क्लब र रेडहर्सबीच भएको सहमतिअनुसार माई भ्याली गोल्डकप केही समय स्थगित गरिएको छ।

माई भ्याली अध्यक्ष दिनेश काफ्लेले रेडहर्ससँगको सहमतिअनुसार माई भ्याली गोल्डकप चाहिँ केही महिना पछाडि मात्र आयोजना गरिने जानकारी दिनुभयो ।

इलाममा आउँदो माघ ६ देखि १३ सम्म ‘इलाम गोल्डकप’ फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ। यसअघि फागुन–चैतमा आयोजना गर्ने घोषणा गरिएको ‘माई भ्याली गोल्डकप’ भने केही समयलाई स्थगित गरिएको छ।

सदरमुकामको टुँडिखेलमा रेडहर्स फुटबल क्लबले आयोजना गर्ने इलाम गोल्डकपमा नेपाल र देशबाहिरका गरी आठ टिम सहभागी हुनेछन्। आयोजकले सोमबार सदरमुकाममा पत्रकार सम्मेलन आयोजना गरी इलाम गोल्डकपबारे जानकारी दिएको छ।

प्रतियोगितामा आयोजकसहित चर्च ब्वाइज, एनआरटी, झापा, सुनसरी, बाग्मतीसहितका टिम सहभागी हुने आयोजक संस्थाका महासचिव प्रकाश घिमिरेले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा सहभागी हुने केही टिमको टुङ्गो लाग्न बाँकी नै छ।

विजेताले नगद पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाउनेछन्। विधागत उत्कृष्ट खेलाडीको पुरस्कार भने तय हुन बाँकी नै रहेको उनले जनाए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button