करेन्ट लागेर एक जनाको मृत्यु
बाँके । बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
खजुरा गाउँपालिका-१ का पूर्ण लम्सालले आफ्नो माछापोखरीमा राखेको करेन्ट लागि सविन रानाको मृत्यु भएको हो । माछा चोरी हुने गरेपछि लम्सालले पोखरी वरिपरि करेन्ट फिट गरेका थिए । जालसहित पोखरीमा गएका रानालाई त्यही करेन्ट लागेको हो ।
रानासँग अर्को एक जना पनि गएको खुलेको छ । घटना बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्