सात करोडको लगानीमा छायाँनाथमा बने दुई बेलिब्रिज

मुगु (गमगढी) I मुगुको सदरमुकाम नजिकै छायाँनाथ रारा नगरपालिका वडा नं २ चैन खोला र मुन्दु, कोटिला जाने बाटोमा पर्ने खोलामा दुईवटा फलामे बेलिबृज पुल निर्माण भएका छन् ।
छायाँनाथरारा नगरपालिका मुगुको आर्थिक तथा प्राविधिक सहयोगमा पुलहरू निर्माण भएका हुन । चैन र काेटिल्ला हुँदै मुन्दु जाने बाटोमा पर्ने चैन र गमगाड खोलामा बेलिब्रिज पुलको निर्माण कार्य पूरा भएकाे हाे । दुईवटै पुल निर्माणका लागि जलप रबिचक्र जेभि खतेड – ३ ले जिम्मा लिएको थियो ।

आर्थिक वर्ष २०७८ मा ठेक्का सम्झाैता भई निर्माण कार्य सुरु भएका यी बेलीव्रिज पुलहरू दुई वर्षमा निर्माण कार्य पूरा भएका हुन् । कुल ६ करोड ९२ लाख ८५ हजार ५६ रूपयाँकाे अनुमानित लागत रहेका दुईवटै पुलहरू रु ६ करोड ८८ लाख ५६ हजार ६ सय ३९ रूपयाँ ८८ पैसाको सम्बन्धित निर्माण कम्पनी सँग नगरपालिकाले ठेक्का सम्झौता गरेर पुलहरू निर्माण भएको छाँयानाथरारा नगरपालिका नगर प्रमुख विष्णुकुमार भामले जानकारी दिनुभयो ।
निर्धारित समयमा नै पुलहरू निर्माण भएपछि चैन खोला हुँदै मुन्दु सम्म सवारीका साधन लगायत स्थानिय लाई सदरमुकाम गमगढी आउजाउमा सहजता भएको छ । विगतमा वर्षाको समयमा खोलाबाट आवतजावत गर्न कष्टकर यात्रा गर्नु पर्ने बाध्यता रहेका यी स्थानहरूमा बेलिब्रिज पुलहरूले स्थानीयहरू लगायत गाडि चालकहरूलाई ठुलो राहत मिलेको छ ।
प्रतिक्रिया राख्नुहोस्