तपाईँ सुन्दै हुनुहुन्छः

दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा पासी चयन

कपिलवस्तु । दलित सामाजिक विकास केन्द्र डंगरी कपिलवस्तुको अध्यक्ष पदमा सुरजमति पासी सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

दलित सामाजिक विकास केन्द्रको आज सम्पन्न १९ औँ साधारण सभा तथा विशेष अधिवेशनबाट संस्थाको अध्यक्ष पदमा सुरजमति पासी सर्वसम्मत चयन हुनुभएको हो ।

यसअघि सो संस्थाका अध्यक्ष रहनुभएका संजय कुमार कोरीले लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी निजामती सेवामा प्रवेश गरेपछि नवनिर्वाचित अध्यक्ष पासी कार्यवाहक अध्यक्षका रुपमा काम गर्दै आउनुभएको थियो ।

सो केन्द्रको उपाध्यक्षमा विश्राम कोरी, सचिवमा रिखीराम हरिजन, सहसचिवमा कुसुम कोरी र कोषाध्यक्षमा निलम पासी चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा अनिता श्रीमाल, राजेन्द्र पासी, रोहित लाल कोरी र पुजन पासी चयन हुनुभएको दलित सामाजिक विकास केन्द्रका रमेश कुर्मीले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्लाको यशोधरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, गैरसरकारी संस्था महासङ्घ कपिलवस्तुका अध्यक्ष जय प्रकाश पाण्डे र पूर्व अध्यक्ष प्रवीणकुमार श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो ।

दलित सामाजिक विकास केन्द्रले जिल्लाका विभिन्न पालिकाहरूमा जीविकोपार्जन, वातावरण संरक्षण, महिला सशक्तिकरण, कृषि तथा पशुपालन र दलित समाज उत्थानको क्षेत्रमा स्थानीय सरकारसंगको समन्वय र विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुको सहयोगमा कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button