तपाईँ सुन्दै हुनुहुन्छः

प्रमिला गिरीको एकल चित्रकला प्रदर्शनी सुरु

काठमाडौँ । कलाकार प्रमिला गिरीको एकल चित्रकला प्रदर्शनी सुरु भएको छ ।

बबरमहलस्थित नेपाल कला परिषद्मा सुरु भएको चित्रकला विशेषतः संस्कृति, सम्पदा र प्रकृतिको मानवीय मूल्य दर्शाएको छ । कलाकार गिरीको चित्रकलाले तत्कालीन र वर्तमान कलाको अवस्थालाई उजागर गरेको छ ।

सांस्कृतिक सम्पदा र प्राकृतिक विविधतालाई समेटेर क्यानभाषमा उतारिएका ती चित्रकलाले संस्कृति र सम्पदाको साथै विभिन्न शक्तिपीठहरुको गरिमा बोकेको छ । चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै नेपाल कला परिषद्का अध्यक्ष सागर समशेर जबराले कलाकार गिरीको मूर्त, अमूर्त कला र संस्कृतिका जीवन्त भाव दर्शाउने चित्रकलाले सामाजिक चेतना र तत्कालीन परिवेष्टलाई चित्रित गरेको बताउनुभयो ।

विगत पाँच दशकभन्दा लामो समयदेखि चित्रकला र मूर्तिकलाको सिर्जनामा सक्रिय गिरीले संसारभर छरिएर रहेका आफ्ना कलाकृतिलाई संयोजन गर्नुभएको छ । उहाँले कला संस्कृति नभई देश समृद्ध हुँदैन भन्दै यसबारे सरकारले पनि विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो ।

पत्रकार शेखर गिरीले सांस्कृतिक परम्पराको जगमा चित्रकला प्रस्तुती गरेको भन्दै प्रदर्शनीको आकर्षणको रुपमा भैरवीको रूप र प्रस्तुतिलाई लिन सकिन्छ भन्नुभयो ।

प्रदर्शनी हेर्न उल्लेख्य सङ्ख्यामा कला पारखीहरू उपस्थित हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button