लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीद्वारा नविनाको शालिक अनावरण
बाँके । बाघ स्थानान्तरणको माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीकाे झडपमा प्रहरीको गोली लागेर मृत्यु भएकी नविना थारूको शालिक अनावरण गरिएको छ
२०७९ जेठ २३ गते प्रहरीको गोलीबाट मृत्यु भएकी थारूको पूर्ण कदको शालिक निर्माण गरि अनावरण गरीएकाे हाे ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मधुवन नगरपालिकाको ओराली बजारमा निर्माण गरिएकाे नविनाको शालिक अनावरण गर्नुभएको हो।
प्रहरीको गोली लागेर थारूकाे मृत्यु भए पछि घटनाकाे दुई दिनपछि जेठ २५ गते सर्वपक्षीय छलफलबाट ५ बुँदे सहमति भएको थियो । जसमा पीडित परिवारलाई तत्काल राहत दिने, घटनाबारे न्यायिक छानविन समिति बनाउने र गोली चलाउनेलाई कारबाही गर्ने सहमति भएको थियो। पीडित परिवारले नविनालाई सहिद घोषणा गरी शालिक बनाउनु पर्ने माग गरेकाे थियो । सोही मागअनुसार थारुको शालिक अनावरण गरिएको लुम्बिनी प्रदेश सरकारले जनाएको छ ।
घटनाको केही समयअघि बाघको आक्रमणबाट अस्मिता थारु घाइते भएकी थिइन् । अस्मितालाई बाघले आक्रमण गरेपछि स्थानीयले बाघ आतङ्क रोक्न माग गर्दै प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्