‘पशुपालनलाई वैज्ञानिक बनाउन आवश्यक’
जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोविन्द बहादुर न्यौपानेले मधेश प्रदेशको समृद्धिको महत्वपूर्ण आधारको रुपमा रहेको पशुपालन व्यवसायलाई वैज्ञानिक बनाउन निर्देशन दिनुभएको छ ।

मधेश प्रदेशका कृषिमन्त्री न्यौपानेले मधेश प्रदेशका ८ जिल्लाका भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख तथा चिकित्सकहरुलाई मन्त्रालयमा आज निर्देशन दिँदै पशुपालनबाट अधिक लाभ लिने गरि किसानहरुलाई प्राविधिक सरसल्लाह दिन निर्देशन दिनुभयो ।
उहाँले प्रदेश सरकारले पशुपालनका लागि ल्याएको कार्यक्रमहरुलाई प्रभावकारी किसिमले समयमा नै कार्यान्वयन गर्न पनि निर्देशन दिनुभयो ।
बैठक तथा छलफलमा मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरण पाण्डेले मन्त्रालयले पशु क्षेत्रको समस्या समाधान गर्नका लागि तत्पर रहेको बताउनुभयो ।
वैठकमा पशुपक्षी तथा मत्स्य निर्देशनालयका निर्देशक डा. जागेश्वर यादव, मधेश प्रदेशका दुग्ध विकास वोर्डका उपाध्यक्ष डा. शम्भुनारायण साह सहितकाले गरिबी निवारणका लागि पशुपालनमा जोड दिन जरुरी रहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्