तपाईँ सुन्दै हुनुहुन्छः

बालविवाह नियन्त्रण तथा महिला सशक्तीकरणमा सरकार गम्भीर : मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेश सरकारले बालविवाह तथा महिला सशक्तीकरणमा गम्भीर रहेको बताउनु भएको छ ।

प्लान इन्टरनेशनल नेपालको राष्ट्रिय रणनीति २०२३–२०२८ सार्वजनिकीकरण कार्यक्रमलाई जनकपुरधाममा सम्बोधन गर्दै उहाँले मधेश प्रदेश सरकारले बालविवाह रोक्न तथा महिलालाई आर्थिक तथा सामाजिक रुपमा सक्षम बनाउन “बेटी पढाऊँ बेटी बचाऔँ” कार्यक्रम अन्तर्गत छोरी शिक्षा बिमा जस्ता कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

मुख्यमन्त्री यादवले प्लान इन्टरनेशनल नेपाल जस्ता संस्थाले बनाएको रणनीतिको सफल कार्यान्वयनका लागि प्रदेश सरकार सघाउन तयार रहेको बताउनुभयो ।

मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्ण प्रसाद यादवले प्लान इन्टरनेशन नेपालले मधेश प्रदेशका जिल्लामा विगतदेखि गर्दै आएको कामको सराहना गर्दे अगामी दिनमा अझ बढी सशक्त ढंगले काम गर्ने आशा व्यक्त गर्नुभयो ।

मधेश प्रदेशका शिक्षा तथा समाज कल्याणमन्त्री महेश प्रसाद यादवले मधेश प्रदेशमा बालविवाहको अवस्था निक्कै भयावह भएको बताउँदै यसमा कमी ल्याउनका लागि प्रदेश सरकारले बालिका शिक्षामा विशेष जोड दिएको बताउनुभयो ।

अहिले मुलुकमा बालविवाह गर्नेको सङ्ख्या ३३ प्रतिशत रहेको छ भने १५ वर्षदेखि १९ वर्ष उमेर समूहका १ हजार किशोरीमा ६३ जना आफन्तको करणीमा परेर गर्भवती हुने गरेको एक अध्ययनमा उल्लेख रहेको प्लान इन्टरनेशनलका धनुषा जिल्लाका संयोजक मन्दिरा न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button