तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा रोड रेस प्रतियोगिता हुने

धनकुटा । पूर्व प्रहरी संस्था धनकुटाको आयोजनामा धनकुटामा ८ किलोमिटर खुल्ला महिला तथा पुरुष रोड रेस प्रतियोगिता हुने भएको छ ।

विश्व मुटु दिवसको अवसरमा आगामी असोज १२ गते प्रतियोगिता हुने आयोजकले बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

‘मद्यपान धूम्रपान त्यागौँ, स्वस्थ रहौँ, मुटु बचाऔँ’ भन्ने मुल नारासहित प्रतियोगिताको आयोजना गरिन लागेको हो । धनकुटाको औद्योगिक क्षेत्रको सडक घुम्तीबाट सुरु हुने प्रतियोगिता गोठगाउँ, नगरपालिका ढाट, जिरो प्वाइन्ट, रमाइलो घुम्ती, परिचय मोड हुँदै धनकुटा बजार परिक्रमा गरेर मदन चोकमा समापन हुने आयोजक समितिका अध्यक्ष योगेन्द्र कार्कीले जानकारी दिनुभयो ।

महिला तथा पुरुषतर्फ नै प्रतियोगितामा प्रथम हुनेले ७ हजार रुपैयाँ, दोस्रो हुनेले ५ हजार रुपैयाँ, तेस्रो हुनेले ३ हजार रुपैयाँ र सान्त्वना २ जनाले एक/एक हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

२०७८ सालदेखि विश्व मुटु दिवसको आयोजनामा पूर्व प्रहरी संस्थाले सुरु गरेको प्रतियोगिताको यो तेस्रो संस्करण हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button