तपाईँ सुन्दै हुनुहुन्छः

झापामा डेंगी सङ्क्रमितको सङ्ख्या ३ हजार नाघ्यो, ६ जनाको मृत्यु

झापा । झापामा डेंगी सङ्क्रमितको सङ्ख्या ३ हजार नाघेको छ । असोज ७ गतेसम्मको तथ्याङ्क अनुसार झापामा डेंगी सङ्क्रमितको सङ्ख्या ३ हजार २ पुगेको हो ।

९ हजार ६३८ जनाको रगत परीक्षण गर्दा त्यति जनामा डेंगीको संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो सङ्ख्या परीक्षणको करिब ३१ प्रतिशत हो ।

कार्यालयका अनुसार १५१ जना डेंगी संक्रमित जिल्लाका विभिन्न अस्पतालमा उपचाररत रहेका छन् भने धेरै बिरामी घरमै उपचाररत छन् ।

अन्य जिल्लामा कम हुँदै गए पनि झापामा डेंगी संक्रमण अझ बढ्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस वर्ष डेंगी सङ्क्रमणबाट झापामा हालसम्म ६ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button