तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडामा खोलाले बगाएर १० वर्षीय बालकको मृत्यु

मकवानपुर । हेटौँडामा खोलाले बगाएर १० वर्षीय बालकको मृत्यु भएको छ । हेटौँडा–१ स्थित तरकारी मन्डी नजिकबाट राप्तीखोलाले बगाउँदा हेटौँडाका एक बालकको मृत्यु भएको हो ।

मङ्गलवार (आज) दिउँसो नुहाउने क्रममा राप्तीखोलाले बगाउँदा हेटौँडा–४ भैरव रोडका १० वर्षीय संसाद अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृतक बालक परिवारसहित खोलामा नुहाउन गएको बेला उनलाई बगाएको हो । नुहाउने क्रममा खोलाले बगाएका बालक करिब ५ सय मिटर तल राप्ती पुल नजिक बेहोस अवस्थामा फेला परेका थिए । उनलाई उद्धार गरी उपचारको लागि हेटौँडा अस्पताल पुर्‍याइएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button