तपाईँ सुन्दै हुनुहुन्छः

बेरुजु सम्परीक्षणमा सार्वजनिक लेखा समितिको भूमिकामाथि समितिमा छलफल

काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले बेरुजु सम्परीक्षणमा सार्वजनिक लेखा समितिको भूमिका र सम्परीक्षणका सरलीकृत प्रक्रियाका सम्बन्धमा छलफल गरेको छ । 

समितिले कार्यवाहक महालेखापरीक्षक महेश्वर गौतम, पूर्व महालेखा नियन्त्रक सुरेश प्रधान र संघीय संसद् सचिवालयका पूर्व सोम बहादुर थापासँग बेरुजु सम्परीक्षणका सम्बन्धमा छलफल गरेको हो । 

छलफलमा पूर्वमहालेखा नियन्त्रक सुरेश प्रधानले आन्तरिक लेखापरीक्षण र बेरुजु, सरकारी रकमको खर्च प्रक्रिया र बढ्दो बेरुजु नियन्त्रणमा महालेखा नियन्त्रकको भूमिकाबारे जानकारी गराउनुभयो । 

संघीय संसद् सचिवालयका पूर्व सोम बहादुर थापाले  बेरुजु सम्परीक्षणको सरलीकृत प्रक्रिया एवम् पद्धति, सम्भावना चुनौतीहरू र सुधारका व्यवहारिक पक्षहरू स्पष्ट पार्नुभयो । 

यस्तै, कार्यवाहक महालेखापरीक्षक महेश्वर गौतमले महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेखित मुख्य मुख्य विषयहरू, आर्थिक अनुशासन एवम् वित्तीय सुशासनको वर्तमान अवस्थाबारे जानकारी गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button