तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा समितिको बैठक : अनशनरत विद्यार्थीका मागबारे छलफल

काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा एमबिबिएस अध्ययनरत एवं अनशनरत विद्यार्थीहरूको मागका सम्बन्धमा सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल भएको छ ।

समितिको आज बसेको बैठकमा सांसदहरुले एमबिबिएस उत्तीर्ण हुन नसकेका विद्यार्थी पटक पटक परीक्षा दिन पाउने कि नपाउने भन्ने विषय जटिल भएको बताउँदै यस सम्बन्धमा थप अध्ययन गरिनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा डा भगवान् कोइरालाले चौथो पटक परीक्षा दिँदा पनि उत्तीर्ण नभएका विद्यार्थीबाट राम्रो चिकित्सा सेवा पाउन सकिन्छ भन्ने आशा गर्न नसकिने बताउँदै उनीहरुलाई सरकारले अरू विषयमा पढ्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

बैठकले विद्यार्थीको माग, उनीहरूको भर्ना वर्ष, शुल्क तिरेको विवरण, अनुत्तीर्ण हुँदा पाएको अङ्क लगायतको विवरण सङ्कलन गर्न समिति सचिवालयलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button