फेवातालमा क्रुज सञ्चालन गरी पर्यटन प्रवर्द्धन गर्न सकिन्छ : मन्त्री किराँती
पोखरा । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पोखराको फेवातालमा क्रुज सञ्चालन गरी पोखराको पर्यटन प्रवर्द्धन गर्न सकिने बताउनुभएको छ ।

शनिवार पोखरामा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री किराँतीले पोखरामा दैनिक दुई घण्टा जसो क्रुज सञ्चालन गर्न सकिए पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभयो ।

हरेक साँझ दैनिक दुई वटा क्रुज फेवातालमा सञ्चालन गर्न सकिने जसबाट साँझ क्रुजमै डिनर, पार्टी तथा रेस्टुरेन्टको सेवा समेत सञ्चालन गर्न सकिने उहाँको भनाई थियो । यस विषयमा पर्यटन मन्त्रालय सकारात्मक रहेको उहाँले बताउनुभयो ।
पोखरामा अन्तर्राष्ट्रिय हवाई उडानको लागि चीन सरकारसँग छलफल भएको बताउँदै उहाँले चीनबाट काठमाडौँ आएको जहाज पोखरासम्म ल्याउने गरी समेत उच्च स्तरमा छलफल भएको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्