विदेशबाट काठ ल्याउन रोक्नपर्छ : मुख्यमन्त्री जमरकट्टेल
चितवन । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विदेशबाट काठ ल्याउन रोक्नुपर्ने बताउनुभएको छ ।
नवजागृति सामुदायिक वन उपभोक्ता समूह भरतपुर चितवनको रजत महोत्सव समापन समारोहलाई शनिबार सम्बोधन गर्दै उहाँले यहाँ भएका काठ सुकेर जाने गरेको र अर्बौँका काठ विदेशबाट ल्याइने गरेकाले त्यसलाई रोक्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले वन जङ्गल जोगाउनु सबैको कर्तव्य भएको भन्दै वनबाट फाइदा पनि लिनुपर्ने बताउनुभयो । हाम्रोजस्तो विविधताले भरिएको मुलुक अन्त कतै नभएको भन्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले वनबाट झरेको पातबाट प्राङ्गारिक मल बनाउन लागेको जानकारी दिनुभयो ।
सरकारको नीति तथा कार्यक्रम र बजेटमा राखेर प्रत्येक निर्वाचन क्षेत्रमा एउटा प्राङ्गारिक मल कारखाना स्थापना गर्नेतर्फ सरकार लागेको उहाँको भनाइ थियो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई समृद्ध नेपाल बनाउने जिम्मेवारीका साथ सबैले आआफ्नो स्थानबाट सहयोग गर्नुपर्ने भन्दै उहाँले नयाँ तरिकाले कृषि कर्म गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्