तपाईँ सुन्दै हुनुहुन्छः

४६ लाख बढीको अवैध सामानसहित एक जना पक्राउ

नवलपरासी । प्रहरीले पश्चिम नवलपरासीको सरावलबाट भन्सार छलेर ल्याइएको ४६ लाख ५० हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।

जिल्लाको सरावल गाउँपालिका ६ भुजहवाबाट परासी आउँदै गरेको ना ६ ख ४७१६ नम्बरको कन्टेनर चेकजाँच गर्दा भन्सार छली ल्याइएको सामानसहित कन्टेनर चालक सरावल गाउँपालिका ५ का बशिस्ठ थारुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो।

बरामद भएको सामानमा जुत्ता, चप्पल, पेन्सिल लगायत घरायसी प्रयोगको सामान २७ लाख ५० हजार र कन्टेनर १९ लाख बराबरको छ । बरामद भएको सामान र कन्टेनर र पक्राउ परेका चालकलाई भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button