तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय भेट्रान कप फुटबल प्रतियोगिता भोलिदेखि

बारा । बाराको सिमरामा अन्तर्राष्ट्रिय भेट्रान कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण भोलिदेखि सुरु हुँदैछ ।

सिमरा भेट्रान क्लबको आयोजनामा भोलिदेखि सुरु हुन लागेको प्रतियोगिता सिमरा रङ्गशालामा १३ गतेसम्म चल्ने आयोजकले जनाएको छ । स्व. मञ्जुदेवी गुप्ताको स्मृतिमा आयोजना हुँदै आएको प्रतियोगितामा यस वर्ष भारत, बङ्गलादेश र नेपालका गरी १२ वटा क्लबले सहभागिता जनाउने छन् ।

आयोजकका अनुसार प्रतियोगितामा भारतको दार्जिलिङ टाउन भेट्रान, क्लिभ हाउ भेट्रान क्लब कलकत्ता, बङ्गलादेशको भेट्रान एफसी, नेपालको चाबहिल भेट्रान, अभिषेक चर्च नवलपरासी, चितवन भेट्रान, वीरगन्ज युथ एकेडेमी, युनिटी भेट्रान पर्सा, फ्रिडम फाइटर क्लब काठमाडौँ, नव जनजागृति युवा क्लब भेट्रान, इन्द्रेणी एकीकृत विकास केन्द्र पोखरा र आयोजक क्लबको सहभागिता रहनेछ ।

प्रतियोगिताको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष राजकपुर राउतले सम्पुर्ण तयारी पुरा भएको बताउनुभयो ।

फ्लड लाइटमुनि हुने प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीले ५५ हजार नगद पुरस्कार सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button