तपाईँ सुन्दै हुनुहुन्छः

उपन्यास गोपीचा को विमोचन

काठमाडौँ । आख्यानकार विश्व कुइँकेलको ऐतिहासिक विषयवस्तुमा आधारित उपन्यास गोपीचा विमोचन गरिएको छ ।

काठमाडौँमा शुक्रबार आयोजित कार्यक्रममा आख्यानकार नारायण ढकाल लगायतका साहित्यकारले उपन्यासको विमोचन गर्नुभएको हो ।

राणाकालीन पात्र गोपी शर्मा अर्थात् गोपी च्यामेमाथि आख्यानीकरण गरिएको उपन्यास लेखक कुइँकेलको दोस्रो साहित्यिक कृति हो ।

एक बाहुनले राणाकालमा गरेको जातीय विद्रोहमाथिको विषयवस्तु आख्यान गोपीचा मा समेट्ने प्रयास गरेको लेखक कुइँकेलले बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ आख्यानकार नारायण ढकालले काँठको चरित्रलाई समेत टिपेर गोपीचाको जातीय विरोधलाई आम पाठक समक्ष सटिक किसिमले शब्दमा उतार्न सक्नु नै लेखकको दक्खल रहेको बताउनुभयो ।

कृतिमाथि राजकुमार बानियाँ, कुमारी लामा र लेखक शङ्कर तिवारीले समीक्षा गर्नुभएको थियो ।

शिखा बुक्सले प्रकाशन गरेको उपन्यास गोपीचा मा जम्मा एक्काइस खण्डमा विसौ शताब्दीको अन्त्यतिरको राजनीतिक अवस्था सामाजिक जनजीवन, कानुनी संरचना लगायत प्रजातान्त्रिक आन्दोलनका विषयवस्तुलाई कलात्मक रूपमा जोड्दै गोपी शर्मालाई जीवन्त बनाउने प्रयास गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button