तपाईँ सुन्दै हुनुहुन्छः

 चितवनमा एक किशोरको शव फेला 

चितवन। भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित लायन्सचोकको भित्री सडकछेउमा १९ वर्षीय विशाल तामाङको शव बिहीबार फेला परेको छ ।

नामथर, वतन नखुलेको अवस्थामा फेला परेका युवक विशाल तामाङ रहेको भरतपुर–३ मा बस्ने उनकी दिदी बिनिता तामाङमार्फत खुलेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसन्धानबाट यकिन वतन नखुलेका मृतकको आमाबुबा पहिले नै बितेको र निजले मागी खाई हिँड्ने गरेको खुलेको छ । मृतकको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button