प्रधानमन्त्री नेतन्याहूको इरानविरूद्ध ‘आणविक हतियारको चेतावनी’ बोल्ने क्रममा भएको मानवीय गल्ती मात्र’
संयुक्त राष्ट्रसङ्घ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले संयुक्त राष्ट्रसङ्घमा इरानलाई ‘आणविक’ हतियारको चेतावनी दिनुभएको छ भने यसलाई उहाँको कार्यालयले बोल्ने क्रममा भएको मानवीय गल्ती भनी सच्चाएको छ ।
तेहरानका पादरी नेताहरूको चिन्ताले इजरायललाई अरब विश्वको नजिक पु¥याइरहेको र उहाँको सरकार अरब समुदायसँग ऐतिहासिक सम्बन्ध स्थापनाको ‘सङ्घार’ मा रहेको उहाँले बताउनुभयो ।
तेहरानका बारेमा कडा चेतावनी दिन संयुक्त राष्ट्रसङ्घको मञ्चको बारम्बार प्रयोग गर्दै आएका नेतन्याहूले तेहरानले आफ्नै आणविक बम बनाएमा ‘आणविक हमला गर्ने’ धम्कीपूर्ण अभिव्यक्ति दिएपछि महासभाको सम्बोधनमा उहाँले केही समयका लागि विश्राम लिनुभएको थियो ।
उहाँले भन्नुभयोे, “सबैभन्दा ठूलो कुरा इरानले विश्वसनीय ‘आणविक खतरा’को सामना गर्नुपर्छ । नेतन्याहूले प्रसङ्गलाई जोड्दै भन्नुभयो “जबसम्म म इजरायलको प्रधानमन्त्री हुन्छु, तबसम्म इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न म आफ्नो शक्तिले भ्याएसम्म सक्दो प्रयास गर्नेछु ।”
प्रधानमन्त्री नेतन्याहूको सम्बोधनको केही समयपछि उहाँको कार्यालयले नेतन्याहूले गलत बोलेको र उहाँले तयार पारेको पाठमा ‘विश्वसनीय आणविक खतरा’ को साटो ‘विश्वसनीय सैन्य खतरा’ उल्लेख गरिएको बताएको थियो ।
“यसलाई विश्वसनीय आणविक खतराको रूपमा गलत तरिकाले व्याख्या गरिएको छ तर प्रधानमन्त्री भाषणको मूल पाठमा अडिग हुनुहुन्छ,” इजरायली प्रधानमन्त्रकिो कार्यालयले दिएको स्पष्टिकरणमा भनिएको छ ।
इजरायलको व्यापक रूपमा ज्ञात तर अघोषित आणविक कार्यक्रम छ । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटका अनुसार जनवरीसम्म इजरायलसँग करिब ९० वटा आणविक हतियार रहेको अनुमान गरिएको छ ।
तेहरानले आणविक बम बनाउन चाहेको अस्वीकार गर्दै आएको छ तर पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताबाट पछि हटेपछि इरान सन् २०१५ मा अमेरिकी मध्यस्थतामा भएको युरेनियम संवद्र्धनसम्बन्धी सीमालाई उल्लङ्घन गर्दै यूरेनियमको भण्डारणलाई बढाएको छ ।
अन्तरराष्ट्रिय सङ्कट समूहका लागि संयुक्त राष्ट्रसङ्घलाई पछ्याउने रिचर्ड गोवनले नेताहरूले भाषणलाई गलत तरिकाले बुझ्नु असामान्य नभएको बताउनुभयो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले मङ्गलबार महासभामा आफ्नो सम्बोधनको एक महत्वपूर्ण भागमा युक्रेनको विषयमा रूससँग झुक्ने हो भने संयुक्त राज्य अमेरिकाको सिद्धान्तलाई परित्याग गर्ने चेतावनी दिनुभएको थियो । यद्यपि, उहाँले सम्बोधनमा युक्रेनको विषयमा रूससँग झुक्ने हो भने संयुक्त राष्ट्रसङ्घको सिद्धान्तलाई परित्याग गर्ने बताउन खोज्नुभएको थियो ।
“यो कुनै रहस्य होइन कि इजरायलको आफ्नै आणविक निवारक छ । तर नेतन्याहूले संयुक्त राष्ट्रसङ्घमा आफ्नो आणविक हतियारको विज्ञापन गर्ने योजना बनाएका थिए जस्तो मलाई लाग्दैन,” गोवनले भन्नुभयो ।
नेतन्याहूले आफ्नो भाषणमा सन् १९७९ देखि इरानमा शासन गर्दै आएका ‘तेहरानका तानाशाहहरू’ अर्थात् सिया धर्मगुरुहरूबाट खतरा महसुस गरेर इजरायल र अरब राष्ट्रहरू एकजुट भएको बताउनुभएको थियो ।
इजरायलले सन् २०२० मा संयुक्त अरब इमिरेट्स, बहराइन र मोरक्कोसँग सम्बन्ध स्थापना गरेको थियो, जुन छिमेकी इजिप्ट र जोर्डनसँग शान्ति स्थापना गरेको दशकौंपछि अरब विश्वसँग पहिलो सामान्यीकरण हो ।सिन्ह्वा
प्रतिक्रिया राख्नुहोस्