तपाईँ सुन्दै हुनुहुन्छः

‘वामपन्थीबिचको एकताका लागि प्रगतिशील लेखकहरूले सिर्जना गर्नुपर्छ’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सुदन किराँतीले जनता र सहिदका सपना पूरा गराउन वामपन्थीलाई एकताबद्ध बनाउन लेखकहरूले सशक्त सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।

प्रगतिशील लेखक सङ्घ (प्रलेस) को ७२ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रममा मन्त्री किरातीले विश्वमै कम्युनिष्ट रक्षात्मक स्थितिमा रहेका बेला नेपालमा कम्युनिष्ट एक हुन नसकेको तर विसं २००९ देखि प्रलेसमा सबै वाम विचारमा लेखक सङ्गठित भएको सन्दर्भ उल्लेख गर्दै सङ्घले एकताका लागि पहल गर्ने तागत राख्ने बताउनुभयो ।

उहाँले समाजवादी संस्कृतिको उजागर गर्दै वैचारिक अभियानलाई निरन्तर अघि बढाउन प्रलेसलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा मन्त्री किरातीले रु २५ हजार एक सय राशिको प्रलेस श्यामप्रसाद स्मृति पुरस्कार कवि कुन्ता शर्मालाई प्रदान गर्नुभयो । यस्तै रु २० हजार एक सय राशिको प्रलेस प्रतिभा पुरस्कार नरेश भण्डारीलाई, रु ११ हजार राशिको बाल साहित्य पुरस्कार प्रा डा कपिल लामिछानेलाई र १० हजार एक सय राशिको प्रलेस साहित्य पुरस्कार गुरुप्रसाद कुमाल ‘बुलबुल’ लाई दिइयो । सो अवसरमा प्रलेसको २८औँ विशेष अङ्कको विमोचन गरिएको थियो ।

सङ्घका अध्यक्ष डा मधुसूदन गिरीले साम्राज्यवाद र विस्तारवादको विपक्षमा रही समाजवादी धारका लेखकलाई थप एकताबद्ध बनाउन पहल गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button