नेपाल संस्कृत विश्वविद्यालय दाङमा १ महिनादेखि लगाइएको ताला आज खुल्यो

दाङ । नेपाल संस्कृत विश्वविद्यालय वेलझुन्माडिमा एक महिनादेखि लगाइएको आज खुलेको छ।
नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय र सेवा आयोगमा अखिल क्रान्तिकारीले विभिन्न माग राख्दै १ महिना देखि लगाउँदै आएको ताला आज सहमति पछि खोलिएको हो ।
नेपाल संस्कृत विश्वविद्यालयका वार्ता समिति र विद्यार्थी सङ्गठनका प्रतिनिधिबीच पाँच बुँदे सहमति पछि ताला खोलिएको हो । विभिन्न चरणको वार्तापछि सहमति भएको अखिल क्रान्तिकारीका जिल्ला संयोजक गिरबहादुर महराले जानकारी दिनु भयो ।
पुर्वशिक्षाध्यक्ष प्राडा रमेश ढकालको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने, सेवा आयोगका विज्ञापनहरूमा आवेदन फारामहरू अनलाइनबाट भर्ने व्यवस्था मिलाउने, कर्मचारीको आवश्यकता र औचित्यको आधारमा न्यायोचित व्यवस्थापन गर्ने, कर्मचारी पदका विज्ञापनका परीक्षाहरू केन्द्रीय कार्यालय दाङमै सञ्चालन गर्ने व्यवस्था मिलाउने लगायतका विषयमा विश्वविद्यालय र आन्दोलनरत विद्यार्थी बिच सहमति भएको हो ।
विश्वविद्यालयका तर्फबाट वार्ता समितिका संयोजक डा. जर्मन चौधरी र सदस्यहरु किशोरचन्द्र गौतम, कपिलदेव सुवेदीले र विद्यार्थी सङ्गठनका तर्फबाट केन्द्रीय विद्यापीठका विष्णु चौधरी, केन्द्रीय आयुर्वेद इकाई समितिका अध्यक्ष गणेश पौडेल र अखिल क्रान्तिकारी दाङ जिल्ला इन्चार्ज बिन्दु खड्का सहभागी हुनु हुन्थ्यो ।
प्रतिक्रिया राख्नुहोस्